Welcome to First Nepali Syangja Blog

October 7, 2005

प्राकृतिक सम्पदा तथा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्‍थलहरु रहेको स्‍याङ्‍जा

Filed under: ICT

जल सम्पादामा हालसम्म देशकै सबैभन्दा ठूलो जलविद्युत उत्पादन गर्ने कालीगण्डकी नदी, सतीदेवीको अंग पतन भएको छाया क्षेत्र मन्दिर-छाङछाङदी सबैभन्दा उच्च स्थानमा रहेको बालाचतुरदशमी मेला लाग्ने पञ्चासेधाम-बाङसिङ, प्रसिद्ध कैलाश गुफा बहाकोट ,अँन्धाअन्धी दह -जुन त्रेतायुगमा राजा दशरथ शिकार खेल्न जादाँ अन्धाअन्धीका एक मात्र साहारा छोरो श्रवण कुमारलाई वाणले हानी मारेको र सो थाहा पाई राजालाई श्राप दिई अँन्धाअन्धी मरेको तथा उनीहरुको आशुबाट दह बनेको ) चिलाउनेवास, राधा दामोदर आश्रम शाखर, चण्डीकालीका देवी, पु.ब.न.पा. -९ राम्दीघाट, मालङ, शाहवंशिय कुल देवता, आलामदेवी स्थान अधिराज्य कै प्रथम ग्रामीण पर्यटन केन्द्र शिरुवारी-पञ्चमूल तथा आदि जिल्लाका गहनाका रुपमा सजिएर रहेका छन् ।

हालै मात्र समाजसेवी स्व. प्राज्ञ राज अर्यालको सम्झनामा निर्माण कार्य सम्पन्न भएको शितल देवीको मन्दिरले स्याङ्जा जिल्लाको थप आर्कषण थपेको छ । स्थानीय वासिन्दा श्री भक्त बहादुर अधिकारीको अनुसार सो ठाउँमा तामाको धातु गाडेको अवस्थामा पाइएको थियो । सो धातु बाइसे र चौबीसे राजाको पालामा सीमाको रुपमा प्रयोग गरिन्थ्यो भन्ने तथ्यले यस शितलादेवीको मन्दिर ऐतिहासिक रुपले महत्वपूर्ण‍ छ । रातीमा एक्लो तारा चम्केको जस्तो देखिने र दिउसोमा त्यहाको मनोरम दृश्यले सौर्न्दर्य प्रेमी सबैको मन भित्रै देखि नहोला भन्न सकिन्न । नेपाल अधिराज्यको पहिलो ग्रामीण पर्यटकीय दृष्टिकोणले राङखोला, पु.ब.न.पा. ११ हुदै चैनपुर शिवमन्दिर दरौ हुदै सिरुवारी जाने सडक निर्माणले यस जिल्ला स्याङ्जालाई पर्यटकीय दृष्टिकोणले अझ सम्पन्न बनाउने देखिन्छ ।

दह्रौकोटे राजाको दरबार र त्यहा अवस्थित ताल पनि ऐतिहासिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण‍ छन् । यस ठाउँबाट स्याङजा जिल्लाका प्राय ठाउँहरु पोखरा वजार पनि राम्रोसगँ देख्‍न सकिन्छ । पु.ब.न.पा., १३ हरिदास खोला, मायाटारीका वासिन्दा श्री एक नारायण अर्यालको अगुवाईमा पूजा कार्य सम्पन्न गरिएको हनुमान ढुगो निकै विशाल र अनौठो विशेषता बोकेको छ । यस ठाउँमा विभिन्न थरीका साधारणतया नदेखिने जातका र्सपहरु-स्थानीय वासिन्दाले नाग भन्दछन्) रहने ठाउलाई धार्मिक तथा सौर्न्दर्यका दृष्टिकोणले महत्वपूर्ण‍ मान्न सकिन्छ ।

स्याङ्जाको भौगोलिक अवस्थिति

Filed under: ICT

नेपाल अधिराज्यको पश्‍चिमाञ्‍चल विकास क्षेत्र अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम ऐतिहासिक बजार स्याङजा पुतली वजार न.पा.अन्तगर्त ८५० मिटर उचाइमा रहेको छ । यस जिल्लाका छिमेकी तथा किल्लाकारुपमा कास्की, पर्वत, तनहुँ, गुल्मी र पाल्पा जिल्लाहरु रहेका छन् । प्राकृतिक, सास्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित जिल्ला, नेपाल एकीकरण पूर्व चौविसे राज्य अन्तर्गत ६ टुक्रे रजौटामा आफ्नो ऐतिहासिक पहिचान बोकेको थियो ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft