Welcome to First Nepali Syangja Blog

October 7, 2005

प्राकृतिक सम्पदा तथा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्‍थलहरु रहेको स्‍याङ्‍जा

Filed under: ICT

जल सम्पादामा हालसम्म देशकै सबैभन्दा ठूलो जलविद्युत उत्पादन गर्ने कालीगण्डकी नदी, सतीदेवीको अंग पतन भएको छाया क्षेत्र मन्दिर-छाङछाङदी सबैभन्दा उच्च स्थानमा रहेको बालाचतुरदशमी मेला लाग्ने पञ्चासेधाम-बाङसिङ, प्रसिद्ध कैलाश गुफा बहाकोट ,अँन्धाअन्धी दह -जुन त्रेतायुगमा राजा दशरथ शिकार खेल्न जादाँ अन्धाअन्धीका एक मात्र साहारा छोरो श्रवण कुमारलाई वाणले हानी मारेको र सो थाहा पाई राजालाई श्राप दिई अँन्धाअन्धी मरेको तथा उनीहरुको आशुबाट दह बनेको ) चिलाउनेवास, राधा दामोदर आश्रम शाखर, चण्डीकालीका देवी, पु.ब.न.पा. -९ राम्दीघाट, मालङ, शाहवंशिय कुल देवता, आलामदेवी स्थान अधिराज्य कै प्रथम ग्रामीण पर्यटन केन्द्र शिरुवारी-पञ्चमूल तथा आदि जिल्लाका गहनाका रुपमा सजिएर रहेका छन् ।

हालै मात्र समाजसेवी स्व. प्राज्ञ राज अर्यालको सम्झनामा निर्माण कार्य सम्पन्न भएको शितल देवीको मन्दिरले स्याङ्जा जिल्लाको थप आर्कषण थपेको छ । स्थानीय वासिन्दा श्री भक्त बहादुर अधिकारीको अनुसार सो ठाउँमा तामाको धातु गाडेको अवस्थामा पाइएको थियो । सो धातु बाइसे र चौबीसे राजाको पालामा सीमाको रुपमा प्रयोग गरिन्थ्यो भन्ने तथ्यले यस शितलादेवीको मन्दिर ऐतिहासिक रुपले महत्वपूर्ण‍ छ । रातीमा एक्लो तारा चम्केको जस्तो देखिने र दिउसोमा त्यहाको मनोरम दृश्यले सौर्न्दर्य प्रेमी सबैको मन भित्रै देखि नहोला भन्न सकिन्न । नेपाल अधिराज्यको पहिलो ग्रामीण पर्यटकीय दृष्टिकोणले राङखोला, पु.ब.न.पा. ११ हुदै चैनपुर शिवमन्दिर दरौ हुदै सिरुवारी जाने सडक निर्माणले यस जिल्ला स्याङ्जालाई पर्यटकीय दृष्टिकोणले अझ सम्पन्न बनाउने देखिन्छ ।

दह्रौकोटे राजाको दरबार र त्यहा अवस्थित ताल पनि ऐतिहासिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण‍ छन् । यस ठाउँबाट स्याङजा जिल्लाका प्राय ठाउँहरु पोखरा वजार पनि राम्रोसगँ देख्‍न सकिन्छ । पु.ब.न.पा., १३ हरिदास खोला, मायाटारीका वासिन्दा श्री एक नारायण अर्यालको अगुवाईमा पूजा कार्य सम्पन्न गरिएको हनुमान ढुगो निकै विशाल र अनौठो विशेषता बोकेको छ । यस ठाउँमा विभिन्न थरीका साधारणतया नदेखिने जातका र्सपहरु-स्थानीय वासिन्दाले नाग भन्दछन्) रहने ठाउलाई धार्मिक तथा सौर्न्दर्यका दृष्टिकोणले महत्वपूर्ण‍ मान्न सकिन्छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://syangja.blogsome.com/2005/10/07/prakritik/trackback/

  1. श्रवण कुमारका बुवा-आमाले आफ्नो छोरा दशरथबाट मरेको थाहा पाएपछि राजा दशरथलाई “हामीले जस्तै तिमीले पनि मर्ने बेलामा आफ्नो छोराको मुख हेर्न नपाए” भनेर दिएको श्रापले गर्दा राजा दशरथले आफू मर्ने बेलामा आफ्ना छोरा रामको मुख हेर्न नपाएको (त्यतिबेला राम आफ्ना भाई लक्ष्मण र पत्नि सिताका साथ १४ वर्षको वनवासमा थिए)र ति दूई अन्धाअन्धी आफ्नो छोराको मृत्युवियोगले रुँदारुँदा दहको श्रृजना भई त्यसबाट आँधिखोला, स्यांजाको निकै प्रख्यात नदी,को श्रृजना भएको किंवदंती छ।

    Comment by Lekhnath S Pathak — November 29, 2005 @ 12:15 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft