Welcome to First Nepali Syangja Blog

November 13, 2005

फास्ट कमप्युटिङ्

Filed under: ICT

आज चाहिँ कमप्युटर किन ढिलो हुन्‍छ त्यसको विष्लेषणातमक ब्लग गर्ने बिचार गरेका छौ। हामी सबैको समस्या के हो भनेनि कमप्युटर शुरुमा खोल्दा सारै ढिलो हुन्छ। त्यसैले आखिरमा किन यस्तो हुन्छ त, हामि यसको बारेमा केही कुरा लेख्‍न गईरहेछौ।
हामीले शुरुमा कमप्युटर बुट (Boot) गरेर डेस्कटपको सक्रिनमा पुग्न पाचँ चरण पूरा गर्नुपर्छ। ती पाचँ चरण निम्न प्रकारका छन्।
१. प्रिबुट सिकवेन्स
२. बुट सिकवेन्स
३. कर्नेल लोड
४. कर्नेल ईनिसियलाईजेसन
५. लग अन
यी सब प्रक्रिया पूरा गरेपछि मात्र हामी डेस्कटप स्क्रीनमा प्रवेश गर्छौ। त्यसैले समय लाग्नु त स्वभाविक नै हो। तर हामीले केहि सपीड चाहिँ बडाउन सकिन्छ। म यसको सबिस्तार वर्णन गर्छु।
तँपाईको टास्कबार (Task Bar) मा यदि बढि प्रोग्राम लोड भएका छन् भने यसले कमप्युटर स्लो गर्छ।

हामीले टास्कबारबाट नचाहिने प्रोग्राम हटाउन सकिन्छ। यसले पनि कम्पयूटिङमा फरक पार्छ। टास्कबारबाट नचाहिने प्रोग्राम हटाउने तरिका निम्नअनुसार छ।
१. स्टार्ट (start) मा जानुस्।
२. त्यसपछि रन (Run) मा जानुस्।
३. अनि (Run) मा गएर “msconfig” टाईप गर्नुस् ।
त्यसपछि यो एपलेट सक्रीनमा देखिन्छ।

यति गरिसकेपछि स्टार्ट अप (start up) मा क्लिक गर्नुहोस्।

त्यसपछि अपलाई गरेर ओके मा क्लिक गर्नुहोस्। कम्पुयटरले रिस्टार्ट गर्न निर्देशन दिन्छ, अब तपाँईको कम्पुयटर पहिला भन्दा फास्ट हुन्छ।
हामि अरु तरिका पनि लेख्दै जानेछौ। यहाँहरुलाई यो लेख कस्तो लाग्यो, कमेन्ट लेख्‍नुस है। कमेन्ट भएन भने त हाम्रो हौसला न नै बढदैन नि।

एम. एस. एन 8.0 बेटा

Filed under: ICT

आज हामी एम. एस. एन 8.0 बेटा को बारेमा विशेष ब्लग लेख्‍न गईरहेकाछौ। यो ब्लग लेख्‍न हामिलाई सहयोग गर्ने साथी फीसीलाई विशेष धन्यवाद दिन चाहन्छौ। यसको खोजी हिजो राति ८ . 00 बजे बाट शुरु भयो जब हामिलाई फीसीले यसको बारेमा भने।

यस एम. एस. एन 8.0 बेटा फेरि १७ एम. बी को रहेछ। अनि हामीले यसको डाउनलोड शुरु गर्यौ। समय त निकै लाग्यो। तर यो एम. एस. एन 8.0 बेटा ईन्स्टल मात्र गरेर चल्ने रहेन्छ। यो चलाउन त प्रोकसी सर्भर बाई पास गर्नु पर्ने रहेछ। (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft