एम. एस. एन 8.0 बेटा
आज हामी एम. एस. एन 8.0 बेटा को बारेमा विशेष ब्लग लेख्न गईरहेकाछौ। यो ब्लग लेख्न हामिलाई सहयोग गर्ने साथी फीसीलाई विशेष धन्यवाद दिन चाहन्छौ। यसको खोजी हिजो राति ८ . 00 बजे बाट शुरु भयो जब हामिलाई फीसीले यसको बारेमा भने।
यस एम. एस. एन 8.0 बेटा फेरि १७ एम. बी को रहेछ। अनि हामीले यसको डाउनलोड शुरु गर्यौ। समय त निकै लाग्यो। तर यो एम. एस. एन 8.0 बेटा ईन्स्टल मात्र गरेर चल्ने रहेन्छ। यो चलाउन त प्रोकसी सर्भर बाई पास गर्नु पर्ने रहेछ।
त्यो प्रोकसी सर्भर बाई पास गर्न खोज्दा रात नै बित्यो। अनि आज बिहान फीसीको सहयोगले त्यो कार्य पनि सफल भयो।
अब हामी सुरुमा एम. एस. एन 8.0 बेटा को केहि फिचर स्येर गर्न चाहन्छौ। अनि त्यसपछि यसको ईन्स्टलेसन र प्रोकसी बाई पास को कुरा गर्छौ। यसका केहि फिचरहरु नै हामिलाई नोटिसेबल अपडेट लाग्यो।
१. यस एम. एस. एन 8.0 बेटा मेन आकर्षण भनेकै यसको लेआउट हो।
२. यसमा सेन्ड र सर्च बटन रिप्लेस गरिएको छ।
३. कन्भरसेसन विनडोमा भिडियो बटन राखिएको छ।
४. साईन अप विनडोज पनि परिवर्तन गरिएको छ।
५. सबै कुरालाई विनडोज लाईभ नामबाट ब्रान्डेड गरिएको छ।
ईन्स्टलेसन प्रक्रिया
अब यसको ईन्स्टलेसन प्रक्रियाको बारेमा चर्चा गर्छौ। यसलाई यस लिंक बाट डाउनलोड गर्नुस्। क्लिक गर्नुस
Messenger 8.0 Beta अब यसलाई सामान्य प्रक्रियाले ईन्स्टल गर्नुहोस्। तर डाउनलोड भएपछि यसलाई टास्क बार बाट हटाउनुहोस्।
अब दोस्रो चरणमा प्याच (Patch) ईन्स्टल गर्नुपर्छ प्रोकसी सर्भर बाई पास गर्नको लागि।
Patch को लागि यहाँ क्लिक गर्नुहोस्। क्लिक गर्नुस
Patch ईन्स्टल गरिसकेपछि एम. एस. एन 8.0 बेटा साईन ईन गर्नुहोस्।यति गरिसकेपछि तपाईले एम. एस. एन 8.0 बेटा चलाउन सकनुहुनेछ।
