Welcome to First Nepali Syangja Blog

November 21, 2005

सामुदायिक सूचना केन्द्रको स्थापना

Filed under: ICT

नेपाललाई सूचना प्रविधिको विश्‍व मानचित्रमा स्थापित गर्ने उदेश्यले अगाडि बढेको नेपाल गाम्रीण सूचना प्रविधि विकास समाजले (NRIDS) स्याङ्जामा सूचना सामुदायिक केन्द्रको स्थापना गरेको छ। यस सूचना सामुदायिक केन्द्रको मूल उदेश्य नै गाम्रीण भेगका जनतालाई सूचना प्रविधिसँग आवध्द गर्नु हो।

हामीलाई लाग्यो गाम्रीण भेगमा सूचना प्रविधिको विकास गर्न पहिला सूचना प्रविधिको महत्व बारे प्रकाश पार्न सकियो भने धेरै सजिलो हुनेछ। हामीले त्यही प्रयास स्वरुप सूचना सामुदायिक केन्द्रको स्थापना गरेका हौं।

अज रमाईलो कुरा त के छ भने नि यो सूचना सामुदायिक केन्द्र गाउलेहरुकै सहभागितामा खोलिएकोले सबैजना निकै हौसिएका छन्। सबैमा यो हाम्रो हो भने भावनाको बिकास भएको छ। यो पनि एऊटा ठूलो उपल्बधि हो जस्तो लाग्छ।

यो सूचना सामुदायिक केन्द्र बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म खुल्छ। हामी चाहन्छौ यसको प्रयोग सबैबाट होस्। यसको प्रयोग एउटा हलो जोत्‍ने किसानमा पनि हुनुपर्छ भने हाम्रो मान्यता छ।

सूचना सामुदायिक केन्द्रको स्थापना हुने बितिकै मानिसहरु यसको बारेमा चासो राख्‍न थाले। आखिर के हो त यो? सबको मनमा यही प्रश्‍न थियो यसले हामीलाई के फाईदा पुर्र्याउछ?

हामीले पहिलो चरणमा त्यहाँका जनतालाई सूचना प्रविधिसगँ लिंक गर्न निम्न कार्य गर्यौ। यस सूचना सामुदायिक केन्द्रमा दैनिक रुपमा राष्‍ट्रिय अखवारहरुको व्यवस्था गरिएको छ जसले गर्दा यहाँका जनताले ताजा जानकारी पाउने छन्। यति त सामान्य कुरा जस्तो लाग्छ तर हामीले उनीहरुलाई यसरी सूचनाको महत्व बुझाएपछि दोस्रो चरणमा स्याङजाकै समपूर्ण सूचनाहरु यस सामुदायिक केन्द्रमै उपल्बध गराईने छ।

Comments »

The URI to TrackBack this entry is: http://syangja.blogsome.com/2005/11/21/13/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft