जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी भव्यताका साथ समपन्न
२८४ औं पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै सूर्योदय क्लव तथा जिल्ला कृषि विकास कार्यालय, स्याङ्जाको संयुक्त साझेदारीमा जिल्लास्तरीय भव्य कृषि मेला प्रदर्शनीको आयोजना सम्पन्न भयो ।

उक्त कार्यक्रम आयोजना गर्नका लागि स्याङ्जा जिल्लास्थित कृषि विकासमा सरोकार राख्ने संस्था तथा कार्यालयहरुको सहयोग रहेको थियो जसमा जिल्ला विकास समिति, पुतली बजार नगरपालिका, नेपाल सिमि आयोजना, बि.डि.यस. म्याप, जिल्ला कफी व्यवसायी समिति, स्याङ्जा रहेका छन् ।
स्याङ्जा जिल्लाका २ नगरपालिका तथा १६ गा.वि.स. का २३२ किसानहरुले आ-आफ्नो बारीमा उत्पादित तरकारी, फलफूल, नगदेबाली, खाद्यबाली, मसलाबाली, जडीबुटी, माछा, हास लगायतका २४२ प्रकारका बालीहरु प्रदर्शन गराएका थिए । उक्त प्रदर्शनी कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला विकास समिति स्याङ्जाका सभापति श्री श्रीप्रसाद जि.टि.ले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी, जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत, रामवाण गुल्मका गुल्मपति, प्रहरी नायव उपरीक्षक, जिल्ला शिक्षा अधिकारी, जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख, सुन्तलाबाली विकास अधिकृत, कृषि प्रसार अधिकृत लगायत स्याङ्जा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको बृहत उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व सूर्योदय क्लवका अध्यक्ष श्री अनन्तकुमार श्रेष्ठ ज्यूले गर्नु भएको थियो भने आमन्त्रित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य संस्थाका सचिव श्री बलराम दोर ज्यूले गर्नु भएको थियो ।
कार्यक्रम संचालन आयोजक संस्थाका कृषि तथा उद्योग विभागका संयोजक श्री गोविन्दप्रसाद शर्मा ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय, स्याङ्जाका बरिष्ट कृषि विकास अधिकृत श्री बीरेन्द्र हमाल, राष्ट्रिय सुन्तलाबाली विकास अधिकृत श्री द्रोणराज काफ्ले, कृषक केशव पौडेल लगायतका बक्ताहरुले प्रर्दर्शनीको भव्यताबाट स्याङ्जाका किसानहरु व्यवसायिक कृषि कार्यतर्फउन्मुख भएको व्यहोरा साथै प्रर्दर्शनीको नियमितता हुनुपर्ने विषयमा जोड दिनु भयो ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रम अवलोकन गर्न हजारौंको संख्यामा स्याङ्जाबासी कृषक, व्यापारी तथा र्सवसाधारणहरुको उपस्थिति रहेको थियो । कृषि क्षेत्रका ८ विद्याका साथै दुर्गम क्षेत्रबाट सामान ल्याएका, नया“ प्रविधिको प्रदर्शन गराउने र धेरै कृषि फसल प्रर्दशर्नी गराउने किसानहरुलाई पहिलो, दोश्रो, तेश्रो र सान्त्वना गरी जम्मा ३५ जना किसानहरुलाई नगद पुरस्कार र प्रमाण-पत्र वितरण गरिएको थियो । उक्त प्रदर्शनमा बहाकोट गा.वि.स वडा नं ७ का श्री पूणिर्मा सेनद्वारा भर्मिकल्चर (गड्यौलाको मल) बनाउने प्रविधि र गड्यौलाको मल अत्याधिक आकर्षाको केन्द्र बनेको थियो ।
Reference:Ananta Shrestha
President Suryo Daya Youth Club Syangja

Very nice Pictures…
http://sachinrtendulkar.blogspot.com
Comment by bhaskar — March 12, 2006 @ 7:12 am
www.waed.multiply.com
waed ali
syangja bazar-1
gandaki zone
Nepal
Comment by waed ali — July 5, 2007 @ 8:03 am
this is a very nice picture for the syangja ?we can follow this system?
Comment by ramesh — June 14, 2008 @ 11:42 am