Welcome to First Nepali Syangja Blog

June 3, 2006

आँधीखोले रोइला: एक परिचय

Filed under: ICT

[गरिमा, असोज २०६०, वर्ष २१, अङ्क १०, पूर्णाङ्क २५०, पृ. १००-१०५ मा प्रकाशित]

– भीमनारायण रेग्मी
bhim_regmi@yahoo.com

१ पृष्ठभूमि
नेपाल अर्थात् पश्चिमाञ्चल विकासक्षेत्रस्थित स्याङ्जा जिल्ला लोकगीतका लागि प्रसिद्ध ठाउँहरूमध्ये एक हो। आँधीखोला यस जिल्लाको मुख्य खोलो हो। नेपाली लोकगीतको एउटा भेद रोइला यस क्षेत्रको सांस्कृतिक सम्पदा हो। यस क्षेत्रमा सडक यातायात सुरु हुनुअघि अर्थात् सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा) बन्नुअघि आँधीखोलाको किनार पोखरादेखि बुटवल (बटौली) सम्मको व्यापारिक मार्गको एउटा खण्ड थियो। लोकगीतको मुख्य क्षेत्र हुनु र व्यापारिक मार्गमा हुनु यी दुई कारणबाट निश्चित रूपमा लोकगीतको प्रसारमा यस क्षेत्रको भूमिका उल्लेख्य छ भन्ने प्रस्टिन्छ। (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft