Welcome to First Nepali Syangja Blog

May 23, 2007

स्थानीय उत्पादनलाई बजारको पहुँच

Filed under: ICT

गाउँमा सूचना केन्द्र

कुलचन्द्र न्यौपाने

धिताल -कास्की, जेठ ८ - स्थानीय उत्पादनलाई बजारसम्म पहुँच पुर्‍याउन कास्की धिताल गाविस अस्तामबासीले ग्रामीण सूचना केन्द्र खोलेका छन् । सबै गाउँलेलाई पायक पर्ने थलोमा खोलिएको केन्द्र विज्ञापन र समाचारको केन्द्र पनि बनेको छ ।
यसै सातादेखि खोलिएको केन्द्रबाट गाउँभरी खरिद बिक्रीसम्बन्धी विज्ञापन र देश विदेशका खवर थाहा पाउन सकिन्छ । ‘गाउँमा कसैको अन्नपात वा पशु चौपाया खरिद गर्न परे पनि एक अर्काबीच थाहा पाउनै समस्या भो’ स्थानीयबासी बुद्धिप्रसाद अधिकारीले भने- ‘किन्नेलाई पनि घरैपिच्छे सोध्दै हिंड्न गाह्रो, केन्द्र खुलेपछि त सबैलाई ढुक्क ।’

केन्द्रको अवधारणा ल्याएका हुन् नेपाल ग्रामीण सूचना प्रविधि विकास समाजका संचालक सुदिप अर्यालले । उनका अनुसार स्याङजा, भक्तपुर, दाङ र कास्कीमा गरी अहिलेसम्म गाउँमा दुर्गम १२ ठाउँमा केन्द्र स्थापना भइसकेका छन् । केन्द्र खोल्न ठूलो सहयोग पनि चाहिंदैन । ‘सबै भेला हुने थलोमा एउटा ठूलो सूचना पार्टीमा यी सबै काम हुनसक्छन्’ उनले भने- ‘सुरुमा विज्ञापनबाट सुरु हुन्छ, त्यसपछि इन्टरनेट र ई-कमर्शका बारेमा पनि जानकारी गराउने लक्ष्य छ ।’ (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft